4 years ago
April 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हिम रश्मी हाई स्कुलका दिल बहादुर सुनार र राजेन्द्र विष्टको जोडीले बाग्लुङ कप खुल्ला राष्ट्रिय पुरुष २ ‘ए’ साइड भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
ह्याप्पी योङ युथ क्लब बाग्लुङको आयोजनामा काठमाडौं नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा आइतबार भएको फाइनलमा दिल र राजेन्द्रको जोडीले छन्त्याल समाजका विकास छन्त्याल र नरेश छन्त्यालको जोडीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
दिल र राजेन्द्रको जोडीले पहिलो सेट २१–१५ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २१–१८ को जित निकालेको दिल र राजेन्द्रको जोडीले तेस्रो सेट ११–२१ ले गुमाएको थियो । चौथो सेटमा २१–१४ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।
पोखराका चित्र छन्त्याल र युवराज छन्त्यालको जोडीले साराङ्गे गेस्ट हाउसका अमृत केसी र सौरभ गुरुङको जोडीलाई .२–१ को सेटमा पराजित गर्द तेस्रो स्थान हासिल गर्यो ।
उपाधिसँगै दिल र राजेन्द्रको जोडीले ६० हजार रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको विकास छन्त्याल र नरेश छन्तयालको जोडीले ३० हजार रुपैयाँ प्राप्त गरेको छ । तेस्रो भएको चित्र छन्त्याल र युवराज छन्त्यालको जोडीले १५ हजार प्राप्त गर्यो ।
विजयी टोली तथा खेलाडीलाई समाजसेवी अर्जुन शेरचन, ढोरपाटन क्लबका वरिष्ठ उपाध्यक्ष किरण घायल, हिमरश्मी स्कुलका प्रिन्सिपल तथा विद्यालय भलिबल कमिसनका महासचिव लोकेन्द्र खड्कालगायतले पुरस्कृत गरे ।
हिम रश्मीका राजेन्द्र विष्ट प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले ट्रफीसहित २ हजार रुपैया हात पारेको छ । २७ चैतबाट शुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको थियो । सहभागी चार समुहमा विभाजन गरिएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]