4 years ago
April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठान चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।
१० स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दिलिप स्मृति समग्रमा टिम च्याम्पियन बन्यो । दोश्रो भएको ढल्कोले समान ४–४ स्वर्ण, रजत र कांस्य हात पा¥यो । २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ विश्वनिकेतन तेश्रो भयो ।
सिनियरको पुरुषमा दिलिप स्मृतिका शिव श्रेष्ठ तथा ढल्कोका रोशन नेपाली उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा सुप्रिमका निश्चल घर्ती मगर तथा महिलामा द गुर्खाकी प्रिस्का मगर उत्कृष्ट चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपका सदस्य सुभाष श्रेष्ठ, १३ औं सागका दोहोरो स्वर्ण विजेताद्वय करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का र कोषाध्यक्ष बब्लु सिवाकोटी, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दिपेन्द्र ढकाललगायतलाई सम्मान गरिएको थियो ।
दुईदिने प्रतियोगितामा विभिन्न डोजाङ र स्कुल गरी १९ टिमका १ सय २८ पुरुष र ६२ महिला गरी जम्मा १ सय ९० खेलाडी सहभागी थिए । पुरुषमा ११ र महिलामा ९ गरी २० स्पर्धामा प्रतिस्पर्धा भएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]