4 years ago
April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कांस्य जित्यो ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जितेको एपीएफ दोस्रो स्थान हासिल ग¥यो । तेश्रो स्थानमा चित्त बुझाएको रेज फिट्नेसले १ स्वर्ण र १ कांस्य हात पा¥यो ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको प्रतियोगिताको पुरुषमा एपीएफका रोशन अछामी र महिलामा रेजकी तेजी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही २५ हजार नगद पुरस्कार पाए ।
पुरुष ६० केजीमा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत उसुका रजत विजेता एपीएफका मंगलप्रसाद थारु, खुला तौलसमूहमा एपीएफका सन्जिव महर्जन, ७५ केजीमा आर्मीका दलबहादुर घले, ६५ केजीमा आर्मीका राजेश चौधरी, ५५ केजीमा एपीएफका तीर्थराज थापा, ७० केजीमा आर्मीका सन्नी सुनार र ५० केजीमा एपीएफका रोशन अछामीले स्वर्ण जिते ।
महिला ६० केजीमा एपीएफकी निशा विक, ६५ केजीमा आर्मीकी मन्जु विक, खुला तौलसमूहमा आर्मीकी विन्दु पुन मगर, ५० केजीमा रेजकी तेजी गुरुङ र ५५ केजीमा आर्मीकी मनीषा प्रधानले पहिलो स्थान हात पारे । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले समान ८–८ हजार नगद पुरस्कार हात पारे । विजेतालाई नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री पूर्णबहादुर खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको आयोजक विभागका सचिव एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनले जनाएका छन् । कार्यक्रममा राखेपका सदस्य–सचिवका स्वकीय सचिव मनोज खड्गीलाई सम्मान गरिएको थियो ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]