default_image

4 years ago

April 10, 2021

सिमा सेमिफाइनलमा

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कस्तुरी कलेजकी सिमा राजबंशी प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकलतर्फ अन्तिम चारमा प्रवेश गर्न सफल भएकी छिन् ।

विश्व जुनियर बरियतामा ४२औं स्थानमा रहेकी सिमाले शनिबार सम्पन्न प्रि–क्वाटरफाइनलमा पकलीकी नविना राईलाई २१–८ र २१–७ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्दा क्वाटरफाइनलमा काकरभित्ताकी अञ्जना राई र बिराटनगरकी भावना गुरुङबीचको विजेतासँग खेल्नुपर्नेमा दुवै अनुपस्थित भएपछि सिमाले सिधै सेमिफाइनलमा स्थान बनाएकी हुन् ।

धनकुटाकी गिता राई, बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राई, सुनसरीकी सृष्टी राई, धनकुटाकी अरुणा तामाङ, सुनसरी ब्याडमिन्टन एकेडेमीकी आरजु सिग्देल र बिराटनगरकी रोज पाण्डेले क्वाटरफाइनलमा स्थान बनाएकी छन् ।

प्रतियोगिताको महिला एकल तर्फ १६, पुरुष युगलतर्फ २१, आन्तरिक युगलतर्फ ५२ र भेट्रान्स तर्फ २१ जोडीले सहभागिता जनाएका छन् । पुरुष युगलतर्फको शीर्ष तीन बिजेताले ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै महिला एकलतर्फको शीर्ष तीन विजेताले १० हजार, ७ हजार र ३ हजार, भेट्रान्स तर्फको शिर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक विचका शिर्ष तीनले १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.