4 years ago
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ह्याप्पी योङ युथ क्लब बाग्लुङको आयोजनामा काठमाडौं नयाँ बसपार्कमा बाग्लुङ कप खुल्ला राष्ट्रिय पुरुष २ ‘ए’ साइड भलिबल प्रतियोगिता शुरु भएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा आरसीबीबाट प्रतिनिधित्व गरेका विजय थापा र टेकराज अवस्थीको जोडीले विजयी शुरुवात गरेका छन् । विजय र टंकको जोडीले म्याग्दीको जोडीलाई समान २१–१९ र २१–१९ को सोझो सेटमा हराए । सन्जुविक्रम शाह र महेन्द्र छन्त्यालको जोडी पोखराको जोडीसँग १९–२१ र २०–२२ को सोझो सेटमा पराजित हुन पुगे ।
यस्तै नेपाल भलिबल संघका सचिव तथा ढोरपाटन क्लबका अध्यक्ष मनविर छन्त्यालको जोडीले अमृत केसीको जोडीलाई २१–१९ र २१–१७ ले पराजित गर्दै विजयी शुरुवात गरेका छन् ।
आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको छ । सहभागी चार समुहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ हात पार्नेछन् ।
त्यसअघि प्रतियोगिताको प्रमुख अतिथि युएसए कलाकार संघका कोषाध्यक्ष, प्रोफेसनल डिजे तथा युनाइटेड शेर्पा क्युडगका भलिबल संयोजक जाङ्वु शेर्पाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा ढोरपाटन क्लबका उपाध्यक्ष किरण घायल, असिम युथ क्लबका लोक बिक्रम मल्ल, विद्यालय भलिबल कमिसनका उपाध्यक्ष लोकेन्द्र खड्कासँगै प्रतियोगिता संयोजक दिल बहादुर सुनारको उपस्थिति रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]