default_image

4 years ago

April 9, 2021

पावर लिफ्टिङको तयारी पूरा

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पावर लिफ्टिङ संघको आयोजनामा हुने रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा भएको भएको छ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार हुँदैछ । प्रतियोगितामा ७३ पुरुष र २८ महिला गरी जम्मा १ सय १ खेलाडीको सहभागिता रहने छ । शुक्रबार खेलाडीको वजन लिनुका साथै खेलाडीलाई नियमका बारेमा पनि जानकारी गराइएको जजेज कमिटीका संयोजक बुद्धि कार्कीले जानकारी गराए ।

पुरुषतर्फ ६, महिलामा २ र पुरुष मास्टर्समा २ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष र महिलातर्फ प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई ओभरअल च्याम्पियन पनि घोषणा गरिने छ । त्यसको विजेताले छुट्टै जनही ५१ हजार नगद पुरस्कार हात पार्ने छन् ।

अमेरिकामा बस्दै आएका पावर लिफ्टिङका मास्टर्सतर्फका दुई पटकका विश्व च्याम्पियन स्व. कार्कीको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । नेपालमै रहेका बेला केहि महिनाअघि उनको हृदयघातका कारण निधन भएको थियो ।

November 28, 2024

गुलामको शतकमा पाकिस्तानले सिरिज जित्यो

एजेन्सी – कमरान गुलामको शतकको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआईमा घरेलु टोली जिम्बाब्वे हराउँदै सिरिज २-१ ले जितेको छ । बिहीवार तेस्रो ओडिआई खेल ९९ रनले जित्दै ३ खेलको ओडिआई सिरिज पाकिस्तानले जितेको छ । पहिलो खेल जिम्बाब्वेले जितेकोमा दोस्रो र तेस्रो खेलमा जित हात पार्दै पाकिस्तानले सिरिज जितेको हो । पाकिस्तानले दिएको ३ सय ४ […]

November 28, 2024

सानो गौचरन मैदान पुनर्निर्माणको शिलान्यास

काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सहयोगमा पुननिर्माण हुन लागेको सानो गौचरन मैदानको शिलान्यास भएको छ । महानगरपालीकाकी उपप्रमुख सुनिता डंगोलले बिहीवार मैदान पुनर्निर्माणको शिलान्यास गरिन् । शिलान्याससँगै मैदान पुनर्निर्माणको काम आजबाट सुरु भएको छ । शुभ कन्स्ट्रक्सनले पुर्निर्माणको १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा जिम्मेवारी पाएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता […]

November 26, 2024

एनिपएल खेल्न हङकङका बाबर काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]

Success

Thank you for your time.