4 years ago
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका मंगलप्रसाद थारु र मुवाँथाईका अब्राहम राइ वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा रजत जितेका मंगलले आयोजक ललितपुरका सन्तोष मगरलाई पराजित गरे । सोही स्पर्धामा बक्समान्डुका मनीषकुमार भुजेल र नेपाल आर्मीका कमल आचार्य पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनलमा पुगे ।
पुरुष ६५ केजीमा आर्मीका राजेश चौधरी र आर्मीकै सन्तोषकुमार लामा, ७० केजीमा नेसनल किक बक्सिङका गोरख इनेरा र आर्मीका सनीसिंह सुनार, ७५ केजीमा आर्मीका दलबहादुर घले र एपीएफका अनिष शाही तथा खुला तौलसमूहमा नेसनल किक बक्सिङका विजय तामाङ र एपीएफका सन्जिव महर्जनले फाइनल भेट पक्का गरे ।
पुरुष ५० केजीमा मुवाँथाईका कविर देसार, एपीएफका रोशन अछामी, आर्मीका धर्मेन्द्र राम र राजेन्द्र लामा सेमिफाइनलमा पुगे । ५५ केजीमा मुवाँथाईका दावा कुन्जे शेर्पा, एपीएफका रोहित छनारो, नेसनल किक बक्सिङका मनोज राना मगर र एपीएफका तीर्थराज थापाले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ५० केजीमा एपीएफकी गौरी घर्ती मगर र रेज फिट्नेसकी तेजी गुरुङ, ५५ केजीमा एपीएफकी विद्या गुरुङ र आर्मीकी मनीषा प्रधान, ६० केजीमा सिभानी श्रेष्ठ र एपीएफकी निशा विक, ६५ केजीमा आर्मीकी विद्या बोहरा र आर्मीकै मन्जु विक तथा खुला तौलसमूमा एपीएफकी मनीषा रावत र आर्मीकी विन्दु पुन मगरले उपाधि भिडन्त पक्का गरे । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।
अविगेल र रामकुमारी फाइनलमा
झापाकी अविगेल निरौला र धरानकी रामकुमारी लिम्बू ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को फाइनलमा प्रवेश गरेका छन् । धरानमा जारी प्रतियोगिताको महिला ४८ केजी तौल समूहमा अविगेलले दमककी अनुशाा खवास र रामकुमारीले दमककै इष्मा मोखिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
यसैगरी पुरुष ४९ केजी तौल समूहमा दमकका दिवस राई र उदयपुरका दीपेन्द्र मगर उपाधिनजिक पुगे । पुरुषकै ५२ केजी तौल समूहमा धरानका चुपेन राई र धरानकै सिंहवीर लिम्बूले फाइनलमा स्थान बनाउन सफल भए । पुरुषकै ५६ केजीमा झापाका भिक्टर राई र धरानका सौगात लामाबीच उपाधि भिडन्त हुने भएको छ ।
पुरुषकै ६० केजीमा उदयपुरका रोजन मगर र धरानका सगाम चौधरीले फाइनलमा स्थान बनाए । पुरुषकै ६४ केजीमा धरानका उज्ज्वल श्रेष्ठ र सुनसरीका धिरज गुरुङले उपाधि भिडन्त पक्का गरे । पुरुषकै ७५ केजी तौल समूहमा धरानका अमृत लिम्बूले फाइनलमा स्थान बनाए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]