default_image

4 years ago

April 8, 2021

मुवाँथाइका कविन क्वाटरफाइनलमा

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कविनले उसुका कृष्ण खड्कालाई पराजित गरे । सोही स्पर्धामा उसुका कमल कथायत, नेपाली सेनाका सुनिल कुँवर, एपीएफका रोशन अछामी, सेनाका धर्मेन्द्र राम, एपीएफका संगम विक, मुवाँथाइका मेम्पा तामाङ र छम्पीका राजेन्द्र लामा पनि क्वाटरफाइनलमा पुगे ।

ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भइरहेको प्रतियोगिताको पुरुष ५५ केजीमा मुवाँथाइका दावा कुन्जे शेर्पा, उसुका कृष्ण खड्का, नेसनल किक बक्सिङका हरि मिजार, एपीएफका रोहित सुनार, आयोजक ललितपुरका गणेश लोहार, नेसनलका मनोज राना मगर, भक्तपुरका सिरुष भुजु र एपीएफका तीर्थराज थापाले क्वाटरफाइनल यात्रा तय गरे ।

पुरुष ६० केजीमा मुवाँथाईका अब्राहम, एपीएफका निशान दास, सेनाका कमल आचार्य, पोखराका सञ्जय परियार र एपीएफका मंगलप्रसाद थारु क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे । महिला ५५ केजीमा एपीएफकी विद्या गुरुङ, सेनाकी नविना घलान, सेनाकै मनीषा प्रधान र एपीएफकी कमला बोहराले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

महिला ५० केजीमा एपीएफकी गौरी घर्ती मगर, सेनाकी शान्ति थापा र एपीएफकी सरु सोतीले सेमिफाइनलमा स्थान बनाए । प्रतियोगिताको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रत्येक स्पर्धाका पदक विजेता, शीर्ष तीन स्थानमा रहने टिम र उत्कृष्ट पुरुष-महिला खेलाडी गरी कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको विभागका सचिव एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनले जनाएका छन् । पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धा समावेश प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.