4 years ago
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार तथा विश्वको जुनियर वरियताको तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल नेपाल सरकारले प्रदान गर्ने जनसेवा श्री ‘पञ्चम’ बाट सम्मानित हुने भएका छन् ।
सरकारले प्रिन्ससहित अन्य खेलकर्मीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विभुषित गर्नेछन् । सुदूरपश्चिम प्रदेश दार्चुला खलंगा ५ का प्रिन्स नेपाली यु–१९ का नम्वर एक खेलाडी हुन् । सोही उमेर समूहमा प्रिन्सले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै नेपाललाई स्वर्णपदक दिलाइसकेका छन् । उनी विश्वको जुनियर वरियताको तेस्रो स्थानमा अट्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी समेत हुन् ।
उनले ब्याडमिन्टन खेलमार्फत नेपाललाई विश्वमा चिनाएको भन्दै सरकारले विभुषित गर्न लागेका हुन् । विश्व वरियताको जुनियरतर्फ शीर्ष तीनमा पर्ने बित्तिकै प्रिन्सलाई कैलाली जिल्ला ब्याडमिन्टन संघ, जेस्ट ब्याडमिन्टन एकेडेमी, काठमाडौं ब्याडमिन्टन एकेडेमी र साइनो स्पोर्ट्सलगायतले उनलाई सम्मानित गरिसकेका छन् । तर नेपाल ब्याडमिन्टन संघले उनको सफलतामा हालसम्म कुनेै पनि किसिमको सम्मान तथा बधाई कार्यक्रम राखेको छैन ।
जुनियर खेलाडी भएपनि प्रिन्सले नेपालको शीर्ष वरियतामा रहेका रत्नजित तामाङ र दिपेश धामीलाई पराजित गरि उपाधि जितिसकेका छन् । उनले यसवर्ष सिनयरमा दुई उपाधि जित्दा फाइनलमा रत्नजित र दिपेशलाई पराजित गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।