4 years ago
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र टिप टप हेल्प नेपालका विनित कुमार पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतिभाले न्यु डायमन्डलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्दा विनित कुमारले पनि टिप टप हेल्प नेपाललाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निभाएका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र विनितले समान २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै व्यक्तिगत विधाको पुरुषतर्फ बुलबुले रारा भलिबल क्लबका मुराद जिहान उत्कृष्ट स्पाइकर चुनिए । महिलातर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर चुनिइन् । पुरुषतर्फ पुलिसका दीपकराज जोशी र महिलातर्फ पुलिसकै मनिषा चौधरी उत्कृष्ट ब्लकर चुनिइन् । पुरुषतर्फ टिप टप हेल्प नेपालका विकास कुमार र महिलातर्फ पुलिसकी कमला पुन उत्कृष्ट सेटर चुनिइन् ।
पुरुषतर्फ एपिएफका विनोद चन्द र महिलातर्फ डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित भए । पुरुषतर्फ बुलबुले राराका घनश्याम चौधरी र महिलातर्फ डायमन्डकी ललितानाथ उत्कृष्ट सर्भर चुनिइन् । पुरुषतर्फ टिपटप हेल्प नेपालका रमेश केसी र महिलातर्फ न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान १०–१० हजार रुपैयाँ हात पारे ।
सर्वाेत्कृष्ट खेलाडी – विनित कुमार (पुरुष) र प्रतिभा माली (महिला)
स्पाइकर – मुराद जिहान (पुरुष) र उषा भण्डारी (महिला)
ब्लकर – दिपकराज जोशी (पुरुष) र मनिषा चौधरी (महिला)
सेटर – भिकास कुमार (पुरुष) र कमला पुन (महिला)
लिवेरो – विनोद चन्द (पुरुष) र सलिना श्रेष्ठ (महिला)
सर्भर – घनश्याम चौधरी (पुरुष) र ललिता नाथ (महिला)
प्रशिक्षक – रमेश केसी (पुरुषतर्फ) र कुमार राई (महिलातर्फ)
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]