4 years ago
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । यससँगै न्यु डायमन्ड वर्षको पहिलो २०७४ माघपछि पहिलो उपाधि जित्न सफल भएको छ ।
न्यु डायमन्ड २०७४ माघमा आफैले आयोजना गरेको प्रथम न्यु डायमन्ड कपको च्याम्पियन बनेयता दर्जन बढीपटक फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन । यस्तै डायमन्ड तेस्रो संस्करणपछि एनभिए लिगको च्याम्पियन बनेको हो । तेस्रो संस्करणमा डायमन्डले नेपाल पुलिसलाई पराजित गर्दै उपाधि जितेको थियो । डायमन्ड पहिलो संस्करणको पनि च्याम्पियन हो ।
बिहीबार डायमन्डले पहिलो सेट २२–२५ ले गुमाएको थियो । पहिलो सेटको सुरुवातमा ५–० ले पछि पर्दै खराव सुरुवात गरेपनि प्रतिस्पर्धात्मक पूनरागमन गरेको डायमन्डले उक्त सेट आफ्नो पक्षमा पार्न सकेन । तर, पहिलो सेटको अन्तिमको लयलाई त्यसपछि कायम राख्दै विभागीय टोलीमाथि जित हासिल गर्न सफल भयो ।
दोस्रो सेटमा सुरुवात देखि नै अग्रतामा रहेको डायमन्डले पछि फर्केर हेर्नु परेन । उक्त सेटमा डायमन्ड २५–११ ले विजयी भएको थियो । तेस्रो सेट डायमन्डले २५–१९ को सहज जित निकाल्दै उपाधि नजिक पुगेको थियो ।
प्रतिस्पर्धात्मक चौथो सेट डायमन्डले २१-२५ ले गुमाएको थियो । सुरुवातदेखि नै पछि परेको डायमन्डले पुनरागमन प्रयास गरेपनि सफल हुन सकेन । प्रतिस्पर्धात्मक पाँचौ तथा निर्णायक सेटमा डायमन्ड १५-११ ले विजयी हुँदै च्याम्पियन बन्न सफल भएको छ ।
उपाधिसँगै न्यु डायमन्डले ३ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको पुलिसले १ लाख ७५ हजार, तेस्रो भएको एपिएफले ७५ हजार तथा चौथो भएको आर्मीले ३७ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ । १९ चैतबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन् ।
यस्तै पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्ट्स विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको छ ।
एकपक्षीय बनेको खेलमा तीन भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले पहिलो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–२० को सहज जित निकालेको हेल्प नेपालले तेस्रो सेटमा २५–२२ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
उपाधिसँगै हेल्प नेपालले ३ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको एपिएफले १ लाख ७५ हजार, तेस्रो भएको बुलबुले रारा भलिबल क्लबले ७५ हजार तथा चौथो भएको नेपाल पुलिस क्लबले ३७ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]