4 years ago
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको उपाधिका लागि आज (बिहीबार) होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
खेल दिँउसो २ः३० बजेपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । न्यु डायमन्ड पुलिसलाई हराउँदै वर्षको पहिलो तथा २०७४ माघपछि पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । न्यु डायमन्ड २०७४ माघमा आफैले आयोजना गरेको न्यु डायमन्ड कपको च्याम्पियन बनेयता दर्जन बढीपटक फाइनलमा पुगेपनि उपाधि जित्न सकेको छैन ।
यस्तै न्यु डायमन्ड लिग चरणमा पाएको जितलाई निरन्तरता दिदै तेस्रो संस्करणपछि एनभिए कपको च्याम्पियन बन्ने दाउमा हुनेछ । तेस्रो संस्करणमा डायमन्डले नेपाल पुलिसलाई पराजित गर्दै उपाधि जितेको थियो । डायमन्ड पहिलो संस्करणमा पनि च्याम्पियन बनेको थियो ।
टोलीसँग प्रतिभा माली, कप्तान ललितानाथ, राष्ट्रिय टोलीका कप्तान अरुणा शाही, सलिना श्रेष्ठ, वालमिका आचार्य, झरना श्रेष्ठ, रिमा कुँवर, प्रतिक्षा गुरुङ, रियाँ कुँवर, पनामिका राई, एन्जिला प्रधान र प्रगतिनाथको साथ रहेको छ ।
यता, विभागीय नेपाल पुलिस क्लब पनि लिग चरणमा भोगेको हारको बदला लिदै डायमन्डलाई हराउँदै वर्षको दोस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ । लिग चरणमा पुलिस डायमन्डसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । यस वर्ष तीन प्रतियोगिताको फाइनलमा पुगेको पुलिस नेपालगन्जमा सम्पन्न सातौ प्रधानमन्त्री कपको फाइनलमा एपिएफसँग पराजित भएको थियो । त्यसअघि पोखरामा सम्पन्न टाइगर कपमा एपिएफलाई हराउँदै उपाधि जितेको थियो ।
टोलीसँग कप्तान कोपिला उप्रेती, कमला पुन, कोपिला राना, उषा भण्डारी, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, पुनम चन्द, लक्ष्मी चन्द, सुशिला थापा, तिला चौधरी र पुष्पा चौधरीको साथ रहेको छ ।
त्यसअघि बिहान ११ः३० बजे पुरुषतर्फको फाइनलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा एपिएफले हेल्प नेपाललाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
हेल्प नेपालसँग तीन भारतीय खेलाडी विकास कुमार, विनित कुमार र विनित कुमारसँगै अमृत क्षेत्री, याम क्षेत्री, रुपेन्द्र गैरे, राजन दर्लामी मगर, विशाल शाही, सुरज चौधरी लगायतको खेलाडी रहेको छ । यता, एपिएफ पनि बलियो हेल्प नेपाललाई लिग चरणमा पाएको जितलाई निरन्तरदा दिदै उपाधि जित्ने दाउमा हुनेछ । टोलीसँग विजय थापा, लोकेन्द्र गिरी, रविन चन्द, महेन्द्र श्रेष्ठ, टेकराज अवस्थी, हेमन्त मल्ल, सुनिल घर्तीलगायतको खेलाडीको साथ रहेको छ ।
१९ चैतबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]