4 years ago
April 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फाइनलमा स्थान बनाइसकेको उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा एपिएफले दोस्रो रोजाईको खेलाडी उतारेको हेल्प नेपालमाथि २५–१८, २५–१८ र २५–२३ को सोझो सेटमा जित निकाल्दै लिगमा दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाउन सफल भएको हो । एपिएफविरुद्ध हेल्प नेपालले तीन भारतीय खेलाडी रोहित कुमार, विनित कुमार र विकास कुमारलाई विश्राम दिएको थियो । यि तीन खेलाडी नहुदाको असर हेल्प नेपालमा देखिदा हार भोग्न पुगेको थियो ।
लिगमा एपिएफले ६ खेलबाट १३ अंक जोड्यो । शीर्षस्थानमा रहेको हेल्प नेपालले ६ खेलबाट १५ अंक जोड्यो । यदि यस स्पर्धामा एपिएफ पराजित भएको खण्डमा बुलबुले रारा फाईनल प्रवेश गर्ने थियो । फाइनल बिहीबार हुनेछ । महिलातर्फ न्यू डायमण्ड र पुलिस तथा पुरुषतर्फ हेल्प नेपाल र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।
१९ चैतबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]