default_image

4 years ago

April 6, 2021

एपिएफमाथि पुलिसको संघर्षपुर्ण जित

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबमाथि संघर्षपुर्ण जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले एपिएफमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलको सुरुवाती दुई सेट जितेको पुलिसले त्यसपछिको दुई सेट गुमाएपनि निर्णायक सेटमा जित हात पारेको थियो ।

प्रतिस्पर्धात्मक पहिलो सेट पुलिसले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा पुलिसले २५–२३ को जित निकाल्दै जित नजिक पुगेपनि पुलिसले तेस्रो र चौथो सेट २०–२५ र १७–२५ ले गुमाएको थियो । निर्णायक सेटमा १५–१३ को संघर्षपुर्ण जित निकाल्यो ।
जितसँगै पुलिसको ५ खेलबाट ८ अंक पुगेको छ । पराजित एपिएफको ५ खेलबाट १० अंक रहेको छ ।

प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिगमा मंगलबार महिलातर्फ एपिएफ र भरतपुर तथा न्य डायमन्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ एपिएफ र पुलिस, हेल्प नेपाल र आर्मी तथा बुलबुले र मणिमुकुन्दबीच प्रतिस्पर्धा हुनेछ ।

लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन् ।

November 28, 2024

गुलामको शतकमा पाकिस्तानले सिरिज जित्यो

एजेन्सी – कमरान गुलामको शतकको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआईमा घरेलु टोली जिम्बाब्वे हराउँदै सिरिज २-१ ले जितेको छ । बिहीवार तेस्रो ओडिआई खेल ९९ रनले जित्दै ३ खेलको ओडिआई सिरिज पाकिस्तानले जितेको छ । पहिलो खेल जिम्बाब्वेले जितेकोमा दोस्रो र तेस्रो खेलमा जित हात पार्दै पाकिस्तानले सिरिज जितेको हो । पाकिस्तानले दिएको ३ सय ४ […]

November 28, 2024

सानो गौचरन मैदान पुनर्निर्माणको शिलान्यास

काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सहयोगमा पुननिर्माण हुन लागेको सानो गौचरन मैदानको शिलान्यास भएको छ । महानगरपालीकाकी उपप्रमुख सुनिता डंगोलले बिहीवार मैदान पुनर्निर्माणको शिलान्यास गरिन् । शिलान्याससँगै मैदान पुनर्निर्माणको काम आजबाट सुरु भएको छ । शुभ कन्स्ट्रक्सनले पुर्निर्माणको १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा जिम्मेवारी पाएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता […]

November 26, 2024

एनिपएल खेल्न हङकङका बाबर काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]

Success

Thank you for your time.