4 years ago
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मणि मुकुन्द भलिबल क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ रोमाञ्चक जित निकालेको छ ।
लिगमा पहिलो जित दर्ता गर्ने क्रममा मणि मुकुन्दले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो । शुरुवाती दुई सेट जितेको मणि मुकुन्दले त्यसपछिको दुई सेट गुमाउँदा निर्णायक सेटमा मणि मुकुन्द विजयी हुन सफल भएको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा मणि मुकुन्दले पहिलो र दोस्रो सेट क्रमश २५–२१ र २५–१५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा २४–२५ ले गुमाएको मणि मुकुन्दले चौथो सेट २२–२५ ले गुमाएको थियो । तर, निर्णायक तथा पाँचौ सेटमा सुदृढ खेल पस्केको मणि मुकुन्दले १५–१० ले आफ्नो पक्षमा पार्दै लिगमा पहिलो जित दर्ता गर्न सफल भयो ।
यो जितपछि मणि मुकुन्दको ५ खेलबाट २ अंक जोडेको छ । पराजित नयाँबजारले पनि ५ खेलबाट १ अंक जोडेको छ । शीर्षस्थानमा रहेको अपराजित टिप टप हेल्प नेपालको १२ अंक छ । आर्मी र एपिएफको समान ९ अंक छ । बुलबुले रारा र पुलिसको समान ६ अंक छ ।
२६ चैतसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिगमा मंगलबार महिलातर्फ एपिएफ र भरतपुर तथा न्य डायमन्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ एपिएफ र पुलिस, हेल्प नेपाल र आर्मी तथा बुलबुले र मणिमुकुन्दबीच प्रतिस्पर्धा हुनेछ ।
लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]