4 years ago
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । एपिएफले शुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै लिगमा दोस्रो जित दर्ता गरेको हो ।
एपिएफले पहिलो सेट १९–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–१० को सहज जित हात पारेको एपिएफले तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक चोथो सेटमा एपिएफ २५–२२ ले विजयी हुन सफल भयो ।
लिगमा आर्मीको यो पहिलो हार हो । आर्मीले यसअघि होङ्गान्जी न्यु डायमन्ड र ढोरपाटनलाई पराजित गरेको थियो । एपिएफको यो दोस्रो जित हो । पहिलो खेलमा ढोरपाटनलाई हराएको एपिएफ दोस्रो खेलमा पुलिससँग ३–२ को सेटमा पराजित भएको थियो ।
यसअघि सोमबार भएको पहिलो खेलमा भरतपुरले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लिगमा पहिलो जित निकालेको थियो । एकपक्षीय खेलमा भरतपुरले ढोरपाटनमाथि २५–२१, २५–१२ र २५-१३ को सहज जित निकाल्यो ।
यो जितपछि एपिएफको ३ खेलबाट ७ अंक पुगेको छ । चार खेल खेलेको आर्मीको ८ अंक छ । पुलिसको पनि ८ अंक नै छ । होङ्गान्जी न्यु डायमन्डको ७ अंक छ । लिगमा पहिलो जितसँगै भरतपुरले ४ खेलबाट ३ अंक जोडेको छ । ढोरपाटनले ५ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन ।
लिगमा सोमबार पुरुषतर्फ हेल्प नेपाल र पुलिस, एपिएफ र आर्मी तथा मणि मुकुन्द र नयाँबजारबीच प्रतिस्पर्धा हुनेछ । २६ चैतसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ ।
प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रहात पार्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]