4 years ago
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटी दुवई परिवारले नेपाली प्रथम पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीसँगै पारा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री गौरव खन्ना (भारत) र पारा ब्याडमिन्टन ओलम्पिकका सबैभन्दा कान्छी खेलाडी पलक कोहली (भारत) लाई सम्मान गरिएको छ ।
नेपाल ब्याडमिन्टन कम्युनिटी दुवईले तीन जनालाई खादा र भादगाउँले टोपी लगाएर सम्मान गर्दै नेपाली खेलाडी प्रकाशलाई योनेक्स भोट्रिक फ्लास बुस्ट नामक नयाँ मोडलको ब्याडमिन्टन र्याकेट उपहारस्वरूप प्रदान गरिएको थियो । पछिल्लो समय नेपाली ब्याडमिन्टन कम्युनिटिले सामाजिक दायित्व निर्वाह गर्नुका साथै खेल र खेलाडीलाई अग्रस्थानमा राख्ने कार्य गर्दै आइरहेको छ ।
नेपालको इतिहासमा पहिलोपटक यसरी अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा भाग लिन पुगेका प्रकाशलाई नेपाली ब्याडमिन्टन कम्युनिटिले सहयोगसँगै सम्पुर्ण व्यवस्थापन गरेको थियो । प्रतियोगिताको अम्पायरको भूमिकामा रहेका हिरालाल श्रेष्ठले आफ्नो जिम्मेवारीसँगै उनको लागि गर्न सक्ने सहयोग गरेका थिए । सोही अवसरमा छिमेकी राष्ट्र भारतका विश्व प्रसिद्ध प्रशिक्षक, खेलाडी, रेफ्री र पारा ब्याडमिन्टनमा ठूलो योगदान पु¥याएका गौरव खन्नासँगको भेटलाई पनि नेपाल ब्याडमिन्टन कम्युनिटीले महत्वका साथ हेरेको छ ।
सम्मान तथा बिदाई कार्यक्रममा भारतीय पारा ब्याडमिन्टन प्रशिक्षक गौरव खन्नाले नेपाली प्रथम पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी प्रतिभावान् रहेको र उनलाई राम्रो प्रशिक्षणको व्यवस्था हुन सके भविष्यमा राष्ट्रको लागि पदक जित्न सक्ने बताए । उनले प्रकाशको पारा ओलम्पिक टोकियो–२०२० मा वाइल्ड कार्डबाट प्रवेश गर्न सकिने आशा जिवितै रहेकाले स्पेनमा हुने अर्को अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउनु पर्ने बताए ।
सम्मान कार्यक्रममा नेपाल ब्याडमिन्टन कम्युनिटीमा हिरालाल श्रेष्ठ, सुमन उदय, दिपेश श्रेष्ठ, सुदिप कार्की, कृष रायमाझी, अर्जुन गौली, रुद्र थापा, हिम्मत चन्द, प्रमित उदय, सुनिल पौडेल, बिकास शाही, शैलेन्द्र खड्का र राम बहादर चन्द उपस्थित रहेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।