default_image

4 years ago

April 4, 2021

प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन यसै महिना

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – झुम्का ब्याडमिन्टन क्लबले प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत अन्तिम साता आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतियोगिता २७ र २८ चैतमा हुनेछ । एक महिनाको अवधिमा यो प्रदेश १ स्तरिय मेयरकप प्रतियोगिता दोस्रो हो । एक महिनाअघि भोजपुरमा प्रदेश १ स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो ।

रामधुनी नरगापालिका, झुम्का, सुनसरीमा आयोजना हुने प्रतियोगितामा पुरुष युगल खुल्ला, यु–१७ गल्र्स एकल, खुल्ला गल्र्स एकल, भेट्रान्स ४५ माथि, र आन्तरिक खेलाडीहरुको गरि ५ विधामा करिव २०० सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

करिव १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगल तर्फका शिर्ष तीन बिजेताले नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै यु १७ र खुल्ला गल्र्स एकल तर्फका शिर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शिर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक विचका शिर्ष तीनले १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी गराएका छन् ।

प्रतियोगितामा सहभागि हुने खेलाडीका लागि विहानको खाजा र लन्च आयोजकले ब्यहोर्ने भएका छन् । यस्तै प्रतियोगितामा नाम दर्ताका लागि प्रति खेलाडी १ हजार र दर्ता गर्ने समय चैत्र २४ गते ४ बजे सम्म रहेको संयोजक दाहालले बताए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.