4 years ago
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो दुई खेलमा उच्च प्रदर्शन गरेको बुलबुले रारा भलिबल क्लबलाई पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको खेलमा हेल्प नेपालले बुलबुले रारालाई ३–१ को सेटमा पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो । प्रतिस्पर्धात्मक खेलमा हेल्प नेपालले सुरुवाती सेट २१–२५ ले गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पारेको हो ।
दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा एक समय आरामदायी अग्रता लिएको हेल्प नेपालले त्यसलाई निरन्तरता दिन नसकेपनि २६–२४ ले खेल आफ्नो पक्षमा पार्दै खेलमा अग्रता लिएको थियो ।
प्रतिस्पर्धात्मक चौथो सेटमा पनि हेल्प नेपालले २५–२१ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो । यो जितसँगै अपराजित रहेको हेल्प नेपालले ३ खेलबाट ९ अंक जोडेको छ । लिगमा दोस्रो हार बेहोरेको बुलेबुलेको ४ खेलबाट ६ अंक रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]