default_image

4 years ago

April 4, 2021

लगातार तेस्रो जितसहित आर्मी शीर्षस्थानमा

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब लगातार तेस्रो जित दर्ता गर्दै राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ शीर्षस्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा आर्मीले भरतपुर महानगर खेलकुद परिषदलाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । एकपक्षीय खेलमा आर्मीले भरतपुरमाथि २५–९, २५–८ र २५–१३ को सहज जित निकाल्यो ।

आर्मीले पहिलो खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा तथा दोस्रो खेलमा ढोरपाटनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यो जितपछि शीर्षस्थान रहेको आर्मीको तीन खेलबाट ८ अंक पुगेको छ । तीन खेलमा तीन जितसहित समान ८ अंक भएपनि पुलिस सेट प्वाइन्टको आधारमा दोस्रो स्थानमा रहेको छ ।

आइतबारै भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–५, २५–९ र २५–५ को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ । पुलिसले पहिलो खेलमा भरतपुरलाई ३–० को सोझो सेटमा तथा दोस्रो खेलमा नेपाल एपिएफ क्लबमाथि ३–२ को जित निकालेको थियो । ढोरपाटनले ४ खेल र भरतपुरले ३ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.