4 years ago
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दाङका सुदिन श्रेष्ठले प्रथम सुर्यदर्शन जुनियर यु–१३ ब्वाइज सिंगल्सको उपाधि जितेका छन् । सुदेनले आफ्नै जिल्लाका अरुण अधिकारीलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
टोखास्थित सुर्यदर्शन ब्याडमिन्टन कोर्टमा शनिबार भएको फाइनलमा सुदिनले पहिलो सेट १८–२१ ले गुमाएपनि त्यसपछिको दुवै सेट जित्दै उपाधि जित्न सफल भएका हुन् । सुदिनले दोस्रो सेट २१–१२ र २१–१४ ले आफ्नो पक्षमा पारेको थियो ।
त्यसअघि शनिबारै भएको सेमिफाइनलमा सुदिनले जेस्ट ब्याडमिन्टन एकेडेमीका जितेन महतालाई २१–७ र २१–७ ले तथा सुर्याेदय बोर्डिङ स्कुलका अमन डंगोलललाई १५–७ र १५–५ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन् । दाङका अरुण अधिकारीले सुर्याेदयका सक्षम रानालाई २१–१२ र २१–१६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
योनेक्स सनराइजका नेपालका लागि आधिकारिक बिक्रेता (इनास इन्टरप्राइजेज) का प्रवन्ध निर्देशक राजु बास्तोलाले प्रतियोगिताको फाइनल खेल्ने दुई जनालाई योनेक्सको ¥याकेट र टिसर्ट उपहार दिनुका साथै सेमिफाइनलमा पुगेका चार जनालाई वर्षभरि खेल्न पुग्ने योनेक्सको खेल सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।
दुई दिने प्रतियोगितामा ४५ जना जुनियर खेलाडीहरुले सहभागिता जनाएका थिए । सुर्यदर्शन ब्याडमिन्टन कोर्टका अध्यक्ष शिवराज डंगोलले नयाँ प्रतिभावान खेलाडी निकाल्ने उद्देश्यले यु–१३ को प्रतियोगिता आयोजना गरिएको बताए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।