4 years ago
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा हेल्प नेपालले मणि मुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो । हेल्प नेपालले पहिलो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा २५–१६ को सहज जित निकालेको थियो ।
तेस्रो सेटमा शुरुवात देखि नै पछि परेको हेल्प नेपालले पूनरागमन गर्दै २९–२७ को जित निकाल्न सफल भएको थियो । तेस्रो सेटमा २०–२३ ले पछि परेको हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भएको थियो । तीन भारतीय र भारतीय सेनामा कार्यरत तीन खेलाडी अमृत केसी, याम क्षेत्री र दीपक थापालाई समेटेको हेल्प नेपाललाई तेस्रो सेटमा मणि मुकुन्दले दवाव दिएपनि जित निकाल्न सफल भएन ।
लगातार दोस्रो जितसँगै हेल्प नेपालको २ खेलबाट ६ अंक पुगेको छ । मणि मुकुन्दले तीन खेल्दा अंकको खाता खोल्न सकेको छैन ।
यस्तै विभागीय नेपाल एपिएफ क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा हराउदै लिगमा लगातार तेस्रो जित निकालेको छ । एक पक्षीय खेलमा एपिएफले नयाँबजारलाई २५–१२, २५–१६ र २५–१६ को सहज जित निकालेको छ । लगातार तेस्रो जितसँगै एपिएफको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित नयाँ बजारले तीन खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]