4 years ago
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल एपिएफ क्लबमाथि ३–२ को पूनरागमन जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले दुई सेटले पछि परेको अवस्था उल्ट्याउदै ३–२ को पूनरागमन जित हात पारेको हो ।
लिगमा एपिएफको यो पहिलो हार हो । यसअघि एपिएफले पहिलो खेलमा ढोरपाटनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसको भने यो लगातार दोस्रो जित हो । पुलिसले पहिलो खेलमा भरतपुरलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
पुलिसले पहिलो र दोस्रो सेट क्रमश २०–२५ र २८–३० ले गुमाएको थियो । पुलिस दोस्रो सेटमा जित नजिक पुगेर पनि जितबाट बञ्चित बनेको थियो । तर, त्यसपछि उत्कृष्ट प्रदर्शन गरेको पुलिसले तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत दिएका थिए । एक समय ६ अंकको अग्रता लिएपनि पुलिसले अंक गुमाउदा दवावमा परेपनि तेस्रो सेट जित्न सफल भएको थियो ।
चौथो सेटमा उच्च प्रदर्शन गरेको पुलिसले २५–१९ ले सेट आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए । सुरुवाती समयमा पछि रहेको पुलिसले एपिएफलाई १८–१८ को बराबरीमा रोक्दै लगातार ५ अंक जोड्दै जित नजिक पुगेको थियो । त्यसपछि एपिएफले १ अंक मात्रै जोड्दा पुलिसले २ अंक जोडेको थियो ।
चौथो सेटमा उषा भण्डारी, कामना विष्ट, कोपिला राना, कमला पुन, र मनिषा चौधरीले उच्च प्रदर्शन गरेकी थिइन् । निर्णायक सेटमा सुरुवातमा पछि परेपनि पुलिसले पूनरागमन गर्दै १५–११ ले खेल आफ्नो पक्षमा पार्दै एपिएफलाई पराजित गर्न सफल भयो ।
यो जितसँगै पुलिसले फागुन अन्तिम साता नेपालगन्जमा सम्पन्न सातौ संस्करणको प्रधानमन्त्रीकपको फाइनलमा बेहोरेको हारको बदला लिन सफल भएको छ । यो जितपछि पुलिसको २ खेलबाट ५ अंक पुगेको छ । पराजित एपिएफको २ खेलबाट ४ अंक रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]