4 years ago
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले दुवईमा सञ्चालन भइरहेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ अन्तरगतको पुरुष एकलमा दोस्रो हार बेहोरेको छ ।
सवाव अल एली दुवई क्लबमा बुधबार भएको पुरुष एकलको एसएल ४ समूहको खेलमा प्रकाश पोर्चुगलका डिएगो ड्यानियलसँग २–१ को सेटमा पराजित भएको हो । मंगलबार मलेसियाका मोहम्मद जुलफातीहि जफ्फरसँग २–० को सोझो सेटमा पराजित भएको खेलमा चोट बोकेका प्रकाशले बुधबार डिएगो ड्यानियलसँग २१–१६ र २१–६ को हार बेहोरेको हो ।
मेन्स डबल्समा प्रकाश र भारतका गाडेला डिलास्वारको जोडी भारतका मोहम्मद अरवाज अन्सारी र दिप रन्जन विशोयीको जोडीसँग १२–२१, २१–१९ र १५–२१ को सेटमा पराजित भए । अब प्रकाशले पुरुष एकलमा लिग चरणको अन्तिम खेलमा प्रतियोगितामा छैटौ वरियता पाएका रसियाका पाभेल कुल्लिकोभसँग प्रतिस्पर्धा गर्दैछ । पुरुष डबल्समा प्रकाशले भारतका गाडेला डिलास्वारसँग मिलेर भारतका सुकान्त कादम र नितेश कुमारको जोडीसँग खेल्नेछ ।
पहिलोपटक पारा ब्याडमिन्टनमा सहभागी भएको युवा खेलाडी भनेर आज ब्याडमिन्टन वल्ड फेडेरेसनका मिडिया टोलीले प्रकाशको विशेष अन्तरवार्ता लिएको दुवईबाट नेपाल ब्याडमिन्टन कम्युनिटीका संयोजक तथा प्रतियोगिताका अम्पायर हिरालाल श्रेष्ठले जानकारी गराए ।
प्रकाश नेपालबाट प्रतियोगिता खेल्न एक्लै दुवई पुगेपनि उनलाई त्यहाँ नेपाल ब्याडमिन्टन कम्युनिटी दुवई परिवारले साथ दिएका छन् । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो सहभागिता हो । तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २७ मार्चदेखि ५ अप्रिल २०२१ सम्म सवाव अल एली दुवई क्लबमा हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।