default_image

4 years ago

March 30, 2021

गौरिकाद्वारा पौडी पोखरीको उद्घाटन

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छिन् ।

रियो ओलम्पिक २०१६ की सबैभन्दा कान्छी खेलाडी गौरिकाले पुल्चोकस्थित हार्दिक फिट्नेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी हुन् । उद्घाटनपछि गौरिकाले पौडी पोखरीका साथै क्लबमा रहेका विभिन्न सेवाको अवलोकन गरेकी थिइन् ।

सानो र ठूलो गरी २ पौडी पोखरी करिब १ करोड लागतमा निर्माण गरिएको क्लबका सञ्चालक विराज विष्टले जनाएका छन् । सुविन लामा र सानो भाइ पौडेललाई प्रशिक्षकका रुपमा राखिएको छ । गौरिकालाई क्लबले आजीवन निःशुल्क सदस्यता प्रदान गरेको क्लबका अर्का सञ्चालक मन्दिर राणाले जानकारी दिए । त्यस्तै १३ औं सागकी स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरुङ र पौडीकी समिरा शोभा श्रेष्ठलाई क्लबले १ वर्षका लागि निःशुल्क सदस्यता प्रदान गरेको छ ।

सन् १९९८ मा जिमखानाका रुपमा स्थापना गरिएको क्लबले आफ्नो सेवालाई विस्तार गर्दै लैजाने क्रममा पौडी पोखरी सञ्चालनमा ल्याइएको सञ्चालक विष्टले बताए । क्लबले जिमका लागि ५ जना प्रशिक्षक पनि नियुक्त गरेको छ । प्रशिक्षकहरुमा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता श्याम श्रेष्ठ, सुवास मानन्धर, दिपेन्द्र थापा, प्राचन लामा र पूजा विष्ट छन् ।

क्लबमा साउना, स्टिम, कार्डियो, स्पा, टियामो मन्डला क्याफे, जुस बारलगातका सुविधा छन् । क्लब सञ्चालनका लागि हालसम्म करिब ६ करोड लगानी भइसकेको सञ्चालक राणाले जानकारी दिए ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.