default_image

4 years ago

March 29, 2021

पोखरा स्पोर्टस् अवार्डः चार विधाको मनोनयन सार्वजनिक

116 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आगमी बैशाखमा आयोजना हुने पोखरा स्पोर्ट्स अवार्डको चार विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पत्रकार सम्मेलनमार्फत चार विधा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधाको उत्कृष्ट तीन सार्वजनिक गरेको हो ।

वर्ष खेलाडी पुरुषको मनोनयनमा कराँतेका नवीन रसाइली, टेबल टेनिसक बिनेश खनिया र फुटबलका सुमन अर्याल रहेका छन् । यस्तै वर्ष खेलाडी महिलाको मनोनयनमा साइक्लिङकी जमुना गुरुङ, तेक्वान्दोकी पार्वती गुरुङ र प्रशंसा क्षेत्री परेकी छिन् । उदियनमान खेलाडीको मनोनयनमा पौडीकी दुवाना लामा, लन टेनिसकी प्रदीप खड्का र क्रिकेटका विपीन खत्री रहेका छन् ।

वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा पौडीका आनन्द कुँवर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी परेका छन् । यो वर्ष आयोजना हुने स्पोर्ट्स अवार्डमा विभिन्न ७ विधामा अवार्र्ड प्रदान गरिनेछ । लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र दुई खेल पत्रकारलाई वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड प्रदान गरिनेछ ।

खेलाडी छनोट समिति संयोजकमा रामकृष्ण ज्ञवाली, सदस्यमा केशव पाठक, विनोद लामिछाने, दीननाथ बराल, सन्देश श्रेष्ठ र सुदर्शन रञ्जित रहेका छन् । वर्ष उत्कृष्ट पत्रकारिता अवार्डका लागि दीपेन्द्र श्रेष्ठ, त्रिभुवन पौडेल, विनोद लामिछाने रहेको प्रतिभा छनोट समिति गठन गरिएको छ । दुवै समितिको पदेनसदस्य मञ्चका अध्यक्ष र महासचिव छन् । बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।

लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मानि गरिनेछ । वर्ष खेलाडी पुरुष र महिलाले समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उदियामान खेलाडी, उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेल संघले समान ३५ हजार रुपैयाँसँगै ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई अघिल्ला वर्षहरुमा झैं ट्रफी र उपहार प्रदान गरिनेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिका अवार्डको सहयोगी संस्था रहेको छ ।

पोखरा लेकसिटीका तर्फबाट निर्देशक डा. विष्णु नेपालीले लाइफ टाइम अचिभमेन्ट अवार्डवापत ४० हजार, माई होटल लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार र पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उहाँको परिवारजनबाट पत्रकारलाई प्रदान गरिने अवार्डमा नगद ३५ हजार रुपैयाँ प्रायोजन सम्झौता भएको छ । मुगलान रेष्टुरेन्ट स्पोर्टस् अवार्डमा रेष्टुरेन्ट पार्टनरको रुपमा जोडिएको छ ।

November 28, 2024

गुलामको शतकमा पाकिस्तानले सिरिज जित्यो

एजेन्सी – कमरान गुलामको शतकको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआईमा घरेलु टोली जिम्बाब्वे हराउँदै सिरिज २-१ ले जितेको छ । बिहीवार तेस्रो ओडिआई खेल ९९ रनले जित्दै ३ खेलको ओडिआई सिरिज पाकिस्तानले जितेको छ । पहिलो खेल जिम्बाब्वेले जितेकोमा दोस्रो र तेस्रो खेलमा जित हात पार्दै पाकिस्तानले सिरिज जितेको हो । पाकिस्तानले दिएको ३ सय ४ […]

November 28, 2024

सानो गौचरन मैदान पुनर्निर्माणको शिलान्यास

काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सहयोगमा पुननिर्माण हुन लागेको सानो गौचरन मैदानको शिलान्यास भएको छ । महानगरपालीकाकी उपप्रमुख सुनिता डंगोलले बिहीवार मैदान पुनर्निर्माणको शिलान्यास गरिन् । शिलान्याससँगै मैदान पुनर्निर्माणको काम आजबाट सुरु भएको छ । शुभ कन्स्ट्रक्सनले पुर्निर्माणको १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा जिम्मेवारी पाएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता […]

November 26, 2024

एनिपएल खेल्न हङकङका बाबर काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]

Success

Thank you for your time.