4 years ago
March 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – करातेका दीपक श्रेष्ठ, मन्देकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन् । चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक कार्यक्रमबीच सम्मान गरे । मन्डे र आर्यनलाई प्रशंसा पत्रसहित माउन्टेन बाइक प्रदान गरियो । दीपक प्रशंसा पत्रबाट सम्मानित भए ।
दीपक आठौं र नवौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । मन्डेले १३ औं सागमा दोहोरो स्वर्ण जितेका थिए । सागको एकै संस्करणमा दोहोरो स्वर्ण जित्ने मन्डे एक्लो नेपाली कराते खेलाडी हुन् । जुनियर खेलाडी आर्यन विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता हुन् । सोही अवसरमा करातेकर्मी साइला गमाल, बसन्तराज वाइबा र सिर्जना अधिकारी, सांसद विमल केडिया तथा समाजसेवी सुचित्रा श्रेष्ठ पनि सम्मानित भए ।
केन्द्रीय डोजोको दबदबा
चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा केन्द्रीय डोजोको दबदबा रह्यो । टिम च्याम्पियनको उपाधि जितेको केन्द्रीय डोजोले उत्कृष्ट पुरुष-महिला र प्रशिक्षकको उपाधिमाथि पनि कब्जा जमायो ।
प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ५ कांस्यसाथ केन्द्रीय डोजो टिम च्याम्पियन बन्यो । ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ इचङगु नारायण डोजो दोश्रो तथा ३ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ नरहरिपुर डोजो तेश्रो भए । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए ।
पुरुषमा एओन गहतराज तथा महिलामा रोजिता ढुंगेल उत्कृष्ट खेलाडी घोषित भए । दुवै केन्द्रीय डोजोका खेलाडी हुन् । केन्द्रीय डोजोकै साइला गमाल उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्टत्रयले पुरस्कार स्वरुप माउन्टेन बाइक पाए । सञ्जय रन्जित उत्कृष्ट निर्णायक ठहरिए । उनले ५ हजार नगद पुरस्कार हात पारे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दुईदिने प्रतियोगितामा २ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]