default_image

4 years ago

March 27, 2021

तीर्थ र फूलमतीलाई १० किमी दौड उपाधि

145 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १० किलो मिटर दौडको उपाधि तीर्थ पुन र एपिएफ क्लबकी फूलमती रानाले जितेका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा पुरुषतर्फ भारतिय सेनामा कार्यरत तीर्थले ३३ मिनेट ३३.०८ सेकेण्डमा दौड पुरा गर्दै उपाधि जिते । नेपाली सेनाका जितेन्द्र दनुवार दोश्रो भए । उनले ३४ मिनेट ०७.०३ सेकेण्डमा दूरी पूरा गरे । काठमाडौका शिव बहादुर रायमाझीले ३४ मिनेट २२.०५ सेकेण्डमा दूरी पार गर्दै तेश्रो भए।

महिलातर्फको दौडमा फूलमतीले ८३ जना प्रतिष्पर्धीलाई उछिन्दै उपाधि हात पारिन् । उनले दौड ४० मिनेट ५२.०२ सेकेण्डमा पूरा गरिन् । धरानकी छेन्वी राईले ४२ मिनेट ०१.०६ सेकेण्डमा दुरी पार गर्दै दोश्रो र एपिएफकी आशा रावतले ४३ मिनेट ५२.०३ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भइन् । दुवैतर्फको विजेता १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँका साथ मेडल र प्रमाणपत्र प्राप्त गरे।

विजेता खेलाडीहरुलाई पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेका उपाध्यक्ष करम गुरुङ, मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिव तेज गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरि पराजुली, कृषी विकास बैंक वरिष्ठ शाखा प्रवन्धक हिमलाल श्रेष्ठ, सोही वैंकका वरिष्ठ शाखा प्रमुख भोला शर्मा, मञ्चका सल्लाहाकार संयोजक दिल बहादुर गुरुङ, सल्लाहाकार शम्भु कार्की, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, एथ्लेटिक्स संघका केन्द्रिय सदस्य गज बहादुर गुरुङ, मञ्चका सचिव कृष्ण तिमिल्सना, लगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरे ।

पोखरा रंगशालाबाट शुरु भएको दौडको शुभारम्भ पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिसीले गरेका गरेका थिए । सो अवसरका राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश कुमार गुरुङ लगायत अन्य विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।

१० किमि दौडमा सहभागी जेष्ठ नागरिक ७४ वर्षिय टंक बहादुर श्रेष्ठलाई उनको हौसलाको कदर गर्दै हौसलाका लागि महानगरका प्रमुख जिसीले नगद १० हजार प्रदान गर्ने घोषणा गरे ।

१५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत भएको उक्त दौड नगरको विभिन्न भाग परिक्रमा गर्दै मानवअधिकार चोकमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा विभिन्न १७ जिल्लाका पुरुषतर्फ ४ सय ३९ र महिलातर्फ ८३ जना धावकले सहभागिता जनाएका थिए । पोखरा म्याराथन अन्तर्गत आगामी वैशाख ४ गते ५ किमी छात्र–छात्रा दौड हुने भएको मञ्चले जनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.