default_image

4 years ago

March 27, 2021

कैलालीका पुर्व ब्याडमिन्टन खेलाडीबाट सहयोग

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कैलाली जिल्लाका पुर्व ब्याडमिन्टन खेलाडीहरुले ब्याडमिन्टन खेलको बिकासका लागि जिल्लाका खेलाडीहरुको लागि खेल सामग्री उपलब्ध गराएका छन् ।

कैलालीका ब्याडमिन्टनका पुर्व खेलाडी तथा नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य ऋषिकेश श्रेष्ठ यस जिल्लाका खेलाडीहरुको लागि ४० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री उपलब्ध गराएका हुन् ।

यस्तै संघका केन्द्रिय सदस्य सुनिल श्रेष्ठले ५ हजार, राष्ट्रिय ब्याडमिन्टन अम्पायर दुर्गा भण्डारीले ५ बट्टा शटल कर्क, पुर्ब अंतर्राष्ट्रिय खेलाड़ीहरु शहदेव खडकाले १० हजार, राजु पनेरुले १५ हजार, रुपैयाँ कैलाली जिल्ला ब्याडमिन्टन संघलाई सहयोग गरेको छ ।

यस्तै हाल अध्ययनको क्रममा अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खड्काले १० हजार, पुर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी इन्द्रा महताले ७ हजार रुपैयाँ तथा संघका सचिब मेम्बर सिंहले शटल कर्क र आर्थिक सहयोग गरेका छन् । अध्यक्ष नवराज जोशीले योनेक्स बिजी ६५ स्ट्रिंग तथा ¥याकेट ४ बर्षको लागि प्रदान गरेका छन् ।

कैलालीमा ब्याडमिन्टन प्रशिक्षक मेगराज कठायतले १२ महिना नै प्रशिक्षण गराउदै आइरहेका छन् । कैलाली जिल्ला ब्याडमिन्टन संघले आफ्ना खेलाडीलाई बर्षै भरि खेल सामग्री उपलब्ध गराउदै आइरहेको छ । निरन्तरको प्रशिक्षणसँगै जुनियर खेलाडीमा कैलालीका खेलाडीको बाहुल्यता रहँदै आइरहेको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.