default_image

4 years ago

March 26, 2021

पार्कीलाई खेल सामग्री

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२१ को तयारीमा रहेका एथलेटिक्सका गोपिचन्द्र पार्कीलाई नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शुक्रबार खेल सामग्री प्रदान गरिएको छ ।

नेपाल ओलम्पिक कमिटिले शुक्रबार ओलम्पिकको तयारीमा रहेका म्याराथन धावक पार्कीलाई खेल सामग्री प्रदान गरेको हो । कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पार्कीलाई ट्रेनिङ गर्दा प्रयोग हुने जुत्ता, रनिङ स्पाइक र प्रतिस्पर्धा गर्दा प्रयोग हुने जुत्ता लगायतका सामग्री प्रदान गरे ।

पार्की नेपालबाट जापान ओलम्पिक खेल्नका लागि पक्का भएका एक्लो खेलाडी हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले ओलम्पिकमा पार्कीले बैकुण्ठ मानन्धरको कीर्तिमान भंग गर्नेमा आफु विश्वस्त रहेको बताए ।

पार्की गत मंसिरमा नेपालगन्जमा भएको ओलम्पिक छनोटको रुपमा रहेको छैटौं नेपालगन्ज म्याराथनको च्याम्पियन बन्दै ओलम्पिकमा छनोट हुन सफल भएको थियो । अध्यक्ष श्रेष्ठले खेलाडी र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बधाई दिदै एनओसीले होकाइदोमा तीन महिनाको लागि प्रशिक्षणको वातावरण मिलाउने योजनामा रहेको बताए ।

कार्यक्रममा एनओसीका महासचिप निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष ज्योति राणा, अशोक बज्राचार्य, चतुरानन्द राज वैद्य, सदस्य गोपाल सुन्दर लाल कक्षपति र रमेश प्रसादा शिवाकोटीको उपस्थिति रहेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.