4 years ago
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – केन्द्रीय डोजोकी रजिता ढुंगेलले चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् ।
नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला ६० केजीमाथि फाइनलमा रजिताले भक्तपुरकी ननिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
महिला २० केजीमा एम्सकी सविरा नेपाली, २५ केजीमा वादोकाइकी प्रतिक्षा तामाङ, ३० केजीमा इचङकुकी सन्ध्या महत, ३५ केजीमा नरहरिपुरकी खुशी अधिकारी, ४० केजीमा भक्तपुरकी सरिता तामाङ, ५० केजीमा वादोकाइकी पुष्पा लामा, ५५ केजीमा केन्द्रकी सोनु श्रेष्ठ र एकल कातामा केन्द्रकी सर्मिला श्रेष्ठले स्वर्ण जिते ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमा इचङकुका युनिक तामाङ, २५ केजीमा केन्द्रका श्रृदेश चन्द, ३० केजीमा केन्द्रका एओन गहतराज र एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धरले पहिलो स्थान हात पारे ।
प्रतियोगिताको हामा गु्रप र हामा स्टिल्सका अध्यक्ष बालाकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा करातेकर्मी राजेन्द्र कपाली, सूर्यबहादुर तामाङ, सञ्जय रन्जित र राजेन्द्रकुमार क्षेत्रीलाई सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा २ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक छाउनीका अध्यक्ष महेश रन्जितले जनाएका छन् ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]