4 years ago
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक स्व. सुदेशकुमार रिमालको परिवारलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।
राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयां छयालीस पैसा स्व. रिमालका परिवारलाई हस्तान्तरण गरिएको हो । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले स्व. रिमालकी धर्मपत्नी रश्मीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
भलिबलका वरिष्ठ प्रशिक्षक समेत रहेका रिमालको गत पुस ११ गते निधन भएको थियो । राखेपमा वाहल रहेकै अवस्थामा कुनैपनि कर्मचारीको मृत्यु भएमा स्थायी कर्मचारीको एक महिनाको १.५ प्रतिशत तलब कट्टा गरी परिवारलाई विगत १० वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउदै आइरहेको छ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]