4 years ago
March 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बलियो नेपाल पोषण अभियानको सहयोगमा क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बलियो नेपाल कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिता लुम्बिनी प्रदेशका १२ जिल्लाहरुबाट १६ वर्षका मुनीका खेलाडीबी अन्तरजिल्ला प्रतिस्पर्धा हुने छ । जिल्ला क्रिकेट संघमार्फत खेलाडी छनोट कार्यक्रम गर्ने क्वीन्स म्यानेजमेन्ट प्रा.लीले जनाएको छ ।
चैत २१ देखि २८ सम्म दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा हुने छ । खेलाडी छनोट चैत १२ देखि १५ सम्म हुने छ । क्रिकेट खेलका लागि सम्भावना बोकेका प्रतिभाहरुको खोजी गर्नु र तिनीहरुलाई दक्ष खेलाडी बन्न असर सृजना गर्नु यस प्रतियोगिता मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाले सहभागिता जनाउने छ। सहभागी टोलिलाई ४ समुहमा विभाजन गरिनेछ । प्रतियोगिताभर कुल १५ खेल हुनेछ । १० कक्षा मुनिका यु-१६ टोलीले खेल्न पाउनेछ । प्रतियोगिताको ट्रफी दिया राणा र युवराज सिंहले अनवरण गरेका थिए ।
बलियो नेपाल पोषण अभियान एक गैर नाफामुलक संस्था हो । क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले नेपालमा पोखरा प्रिमियर लिग (पिपिएल) को दुई संस्करण र वुमन्स च्याम्पियन्स लिग सफलतापूर्वक सम्पन्न गरि सकेको छ ।
April 26, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच मैत्रीपुर्ण (च्यारिटी) खेल हुने भएको छ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ दौरान यो च्यारिटी खेललाई समावेश गरेको हो । नेपाली महिला भलिबलको चर्चित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय […]
April 24, 2025
हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे। सन्तोष बस्नेतले […]
April 23, 2025
सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]