4 years ago
March 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक अशिम युथ क्लबको रातो टोली प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार फाइनलमा गल्कोट बाग्लुङलाई ३–१ को सेटमा पराजित गर्दै आयोजक रातोले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक पहिलो सेट ३७–३९ ले गुमाएपनि त्यसपछिको तीनै सेट आयोजकले आफ्नो पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्र्किएको आयोजक अशिमले त्यसपछिको दुई सेट २५–२३ र २५–१९ ले आफ्नो पक्षमा पारेको थियो ।
उपाधिसँगै आयोजक अशिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको गल्कोटले ६१ हजार १ सय ११ रुपैयाँ हात पारेको छ । न्युटनलाई हराएर तेस्रो भएको मणिमुकुन्द भलिबल क्लबले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो ।
व्यक्तिगत विधामा आयोजक अशिमकै खेलाडीको वर्चस्व रह्यो । मिलन चन्द ठकुरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ५ हजार नगद प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक चुनिएका अशिमका अमृत केसीले ३ हजार प्राप्त गरे ।
अशिमका विवस आले सेटर, हिमाल मगर क्विकर र बिशाल ठकुरी उत्कृष्ट ब्लकर चुनिए । गल्कोट बाग्लुङका प्रकाश सुनार स्पाइकर, मणिमुकुन्दका जीवन रसाइली डिफेन्डर र न्युटनका नकुल शाही उत्कृष्ट सर्भर चुनिए । उनीहरुले समान २ हजार ५ सय प्राप्त गरे ।
प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, क्लबका अध्यक्ष लोक बिक्रम मल्ल लगायतले पुरस्कृत गरे । अशिम युथ क्लब क्लबको आयोजना ४ चैतबाट शुरु भएको प्रतियोगितामा २० टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभाग र प्रदेशबाट प्रतिनिधित्व गरिसकेका खेलाडीले खेलेका थिएनन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]