default_image

4 years ago

March 21, 2021

उपाधिका लागि आर्मी र भारतीय खेलाडीसम्मिलित विमान खेल्दै

159 views

0 Bookmark

ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता उपाधिका लागि आज (आइतबार) विभागीय त्रिभुवन आर्मी क्लब र साविकको उपविजेता भारतीय खेलाडीसम्मिलित विमान ट्रेडर्स विर्तामोडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बिहान १० बजेपछि ठूलो टुँडिखेल मैदान ईलाममा हुनेछ । शनिबार भएको सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा तथा विमानले नेपाल एपिएफ क्लब ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । आर्मी समूह ‘ए’ को विजेता तथा विमान उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।

समूह चरणमा आर्मीले विमानलाई ३–२ को सेटमा हराएको थियो । जारी प्रतियोगितामा आर्मी अपराजित रहँदै च्याम्पियन बन्ने दाउमा हुनेछ । आर्मीले लिग चरणको पहिलो खेलमा विमान ट्रेडर्स विर्तामोडलाई ३–२ ले पराजित गरेको थियो । दोस्रो खेलमा गौरादहलाई ३–२ र लिगको अन्तिम खेलमा साविक विजेता गण्डकी प्रदेशलाई ३–१ ले पराजित गरेको थियो ।

विमान पहिलो खेलमा आर्मीसँग पराजित भएपनि दोस्रो खेलमा साविक विजेता गण्डकी प्रदेशलाई ३–० ले पराजित गर्दा अन्तिम खेलमा गौरादहबाट वाकओभर पाएको थियो । विमानमा भारतीय टोलीबाट खेलिसकेका तीन खेलाडी मिडल ब्लकर सुभम चौधरी, सेटर रोहित कुमार र ओपन स्पाइकर प्रिन्सको साथ रहेको छ । त्यस्तै ब्याक स्पाइकर रेमन्त चौहान, मिडल ब्लकर विजय सिताराम राजु, विकाश चौहान, लिबरो विकाश, शिखर धिमन लगायतका खेलाडी विमानमै छन् ।

यता आर्मीमा ओपन स्पाइकर मानबहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, मिडल ब्लकर दुर्गा खड्का, हरि अधिकारी, भैरव बम, सेटर तथा कप्तान हरिहजुर थापा, दुर्गा महतो, ब्याक स्पाइकर शरण सामरी क्षेत्री, राजेन्द्र विष्ट, लिबेरो ईश्वर थापा र हृदेश चौधरीको साथ रहेको छ ।

नेपाली घरेलु भलिबलको बलियो टोली आर्मी र विमानबीच कडा प्रतिस्पर्धाको आशा गरिएको छ । आर्मी समूह चरणको नजिताले उच्च मनोबलको साथ मैदान प्रवेश गर्ने छ । आर्मी समूह चरणको नतिजा दोहोराउँदै च्याम्पियन बन्न चाहन्छ । यता समूह चरणको बदला लिँदै विमान उपाधि जित्ने सोचका साथ कोर्ट प्रवेश गर्नेछ ।

विमानमा भारतीय र आर्मीमा नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीको बाहुल्यता रहँदा फाइनलले नेपाल र भारतबीचको खेलको झल्को दिने अपेक्षा गरिएको छ । प्रतियोगिता विजेताले २ लाख र उप विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । ४ चैतबाट शुरु भएको प्रतियोगितामा विभिन्न ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.