4 years ago
March 20, 2021
ईलाम (हाम्रो खेलकुद) – भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडले नेपाल एपिएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ ।
शनिबार ईलामको ठूलो टुँडिखेलमा भएको दोस्रो सेमिफाइनलमा विमानले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । विमानले एपिएफलाई २७-२५, २५-२० र २५-२२ ले हराउँदै फाइनलमा त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको हो ।
पहिलो सेटमा एपिएफले उच्च प्रतिस्पर्धा गरेपनि अन्तिममा दुई लगातार अंक गुमाउँदै हारेको थियो । दोस्रो र तेस्रो सेटमा विमानले सहज जित निकालेको थियो ।
उपाधिको लागि आइतबार त्रिभुवन आर्मी क्लबसँग विमानले प्रतिस्पर्धा गर्ने छ । आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
समूह ‘ए’ बाट आर्मी विजेता र विमान उप विजेताको रुपमा सेमिफाइनल खेलेका थिए । समूह चरणमा आर्मीले विमानलाई ३-२ ले हराएको थियो । प्रतियोगिताको विजेताले २ लाख र उप विजेताले १ लाख पाउने छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]