default_image

4 years ago

March 20, 2021

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

180 views

0 Bookmark

ईलाम (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि उत्कृष्ट पूनरागमनका साथ सानदार जितका निकाल्दै दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइल खेलमा आर्मीले पुलिसलाई ३-१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । ईलामको ठूलो टुँडेखेलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई १९-२५ २५-२२, २५-१५ र २५-२० ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

पहिलो सेट गुमाएको आर्मीले त्यसपछि लगातर तीन सेट जित्दै फाइनलमा स्थान बनाएको हो । पहिलो सेट आर्मीले १९-२५ ले सहजै हारेको थियो । तर त्यसपछि भने खेलमा उत्कृष्ट प्रर्दशन गर्यो । दोस्रो सेटमा २५-२२ ले जितेको थियो । तेस्रो सेट २५-१५ ले जित्यो ।

सुरुवाती समय चौथो सेटमा पुलिसले ७ अंकको अग्रता लिएको थियो । उक्त ७ अंकले पछि परेको आर्मीले उत्कृष्ट पूनरागमनको साथ जित निकाल्न सफल भएको थियो । १०-३ को अवस्थाबाट आर्मीले उत्कृष्ट प्रर्दशन गर्दै जित निकालेको हो । १८-१८ को बराबरी अवस्थाबाट अग्रता लिँदै जित निकालेको हो ।

नियमित कप्तान ईम रानामगर र द्धारिका थापा सेमिफाइनल खेलेका थिएनन् । यी दुई खेलाडी नहुदा पुलिस कमजोर देखिएको छ । टोली पराजित भए पनि विशाल बहादुर बिक र रविन चन्द्रले उत्कृष्ट प्रर्दशन गरेका थिए । रविन टोली पराजित भएपनि म्यान अफ द म्याच चुनिए । द्धारिका पहिलो खेलमा नेपाल एपिएफ क्लबविरुद्ध घाईते भएका थिए । ईम ढाँडको समस्याको कारण खेलेका थिएनन् ।

आर्मी ३ खेलमा ३ जितका साथ ७ अंक जोड्दै हेड टु हेडको आधारमा शीर्षस्थानमा रहँदै सेमिफाइनल पुगेको हो । आर्मीले लिगर चरणको पहिलो खेलमा विमान ट्रेडर्स विर्तामोडलाई ३–२ ले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीले गौरादह नगर खेलकुद विकास समितिलाई ३–२ र लिगको अन्तिम खेलमा साविक विजेता गण्डकी प्रदेशलाई ३–१ ले पराजित गरेको थियो ।

पुलिस पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग ३–२ को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा दमक नगर भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह बी को उपविजेता बनेको थियो ।

दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता विमान ट्रेडर्स विर्तामोड र समूह ‘बी’ को विजेता नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुने छ । आर्मीले उपाधिको लागि विमान र एपिएफको विजेतासँग खेल्ने छ । प्रतियोगिताको विजेताले २ लाख तथा दोस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.