4 years ago
March 20, 2021
ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो सेमिफाइनलमा आज (शनिबार) दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल मध्यान्ह १२ बजे ईलामको ठूलो टुडिखेलमा हुनेछ । राष्ट्रिय खेलाडीले भरिभराउ आर्मी समूह ‘ए’ को विजेता र नेपाल पुलिस समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका थिए ।
आर्मी ३ खेलमा ३ जितका साथ ७ अंक जोड्दै हेड टु हेडको आधारमा शीर्षस्थानमा रहँदै सेमिफाइनल पुगेको हो । आर्मीले लिगर चरणको पहिलो खेलमा विमान ट्रेडर्स विर्तामोडलाई ३–२ ले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीले गौरादह नगर खेलकुद विकास समितिलाई ३–२ र लिगको अन्तिम खेलमा साविक विजेता गण्डकी प्रदेशलाई ३–१ ले पराजित गरेको थियो ।
आर्मीमा मानबहादुर श्रेष्ठ, हरिहजुर थापा, दुर्गा बहादुर खड्का, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, शरण सामरी क्षेत्री, हरि अधिकारी, ईश्वर थापा, भरव बम, दुर्गा महतो, हृदेश चौधरी लगायतका खेलाडी छन् ।
पुलिस पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग ३–२ को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा दमक नगर भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह बी को उपविजेता बनेको थियो ।
पुलिसमा राष्ट्रिय भलिबल टोलीका कप्तान इम रानामगर, कुल बहादुर थापा, अनुभवी खेलाडी ध्रुव पौडेल, युवा खेलाडी रविन चन्द, बिशाल बहादुर विक लगायतका खेलाडी छन् । दुई उपाधिका दाबेदार पुलिस र आर्मीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
पछिल्लो समय यी दुई टोली पोखरामा अघिल्लो महिला सम्पन्न प्रथम टाइगर कपमा एकअर्कासँग खेलेका थिए । लिगमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिस उक्त हारको बदला लिने सोचमा हुने छ ।
यता प्रथम टाइगर कपको विजेता र साविक विजेता गण्डकीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको आर्मी त्यस्तै नतिजा पुलिसमाथि निकाल्दै फाइनलमा स्थान बनाउन चाहन्छ ।
दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता विमान ट्रेडर्स विर्तामोड र समूह ‘बी’ को विजेता नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुने छ । प्रतियोगिताको विजेताले २ लाख तथा दोस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]