4 years ago
March 19, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) का राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र गोलकिपर विशाल श्रेष्ठ मार्की खेलाडीका रुपमा अनुबन्धित भएका छन् ।
औपचारिक रुपमा सार्वजनिक नगरिएका उनीहरु एनएसएलका लागि शुक्रबार भएको अक्सनमा आ आफ्नो टोलीबाट प्रतिनिधित्व गरेका थिए । नवयुग पोखरा थन्डर्स र विशाल बुटबल एफसीका मार्की खेलाडीका रुपमा आबद्ध भएका छन् । वैशाख ११ गते देखि २५ गते सम्म आयोजना हुने एनएसएलमा सहभागी सातै टोलीले मार्की खेलाडी घोषणा गरिसकेका छन् ।
यसअघि धनगढी एफसीले विशाल राई, एफसी चितवनले भरत खवास, काठमाडौं रेजर्सले गोलकिपर विकेश कुथु र विराटनगर सिटी एफसीले रञ्जित धिमाललाई मार्कीका रुपमा लिएको थियो । मार्की सबै राष्ट्रिय टोलीका सदस्य हुन् ।
एनएसएलमा सहभागी ७ मध्ये ६ टोलीले प्रशिक्षक नियुक्त गरेका छन् । सनोज श्रेष्ठ बुटबल एफसी, नवीन न्यौपाने पोखरा थन्डर्स, प्रदीप हुमागाई ललितपुर सिटी एफसी, एफसी चितवनले मेघराज केसी, धनगढी एफसीले विदेशी टोपे फुजा र काठमाडौं रेजर्सले बालगोपाल महर्जनलाई प्रशिक्षक नियुक्त गरेको थियो ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]