4 years ago
March 19, 2021
ईलाम (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका मिडिल ब्लकर द्धारिका थापा कम्तिमा तीन साता बाहिर रहने भएका छन् ।
द्धारिका ईलाममा जारी दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो दिन (बुधबार) नेपाल एपिएफ क्लबसँग ३–२ को सेटमा पराजित भएको खेलमा घाईते भएका थिए ।
चौथो सेटमा घाइते भएका द्धारिका बायाँ खुट्टाको मसल च्यातिएपछि (मांशपेशीको चोट) कम्तिमा तीन साता बाहिर रहने भएका हुन् । नेपाल पुलिस कप्तान इम रानामगरले कम्तिमा तीन हप्ता बाहिर रहने जनाएका छन् । द्धारिकाले योसँगै आगमी चैत्र १९ देखि २६ सम्म काठमाडौंमा सुरु हुने पाँचौ आरबीबी एनभिए पुरुष क्लब लिग च्याम्पियनसिप खेल्ने सम्भावना न्यून रहेको कप्तान इमले बताए ।
उनको उपचार इलाम अस्पतालमा एक्सरे गरेपछि पलाष्टर गरेर विश्राम गरि रहेका छन् । उनि पुलिस टोलीसँगै रहेका छन् । कप्तान इमले उनलाई उपचार भन्दा पनि विश्राम बढी आवश्यक हुने बताए ।
ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा समूह ‘बी’ मा रहेको पुलिस पहिलो खेलमा एपिएफसँग ३–२ ले हराएको थियो । द्धारिका चोटका कारण कोर्टबाट बाहिरिएपछि पुलिसको प्रदर्शन फितलो देखिएको थियो । पुलिसले सेमिफाइनलमा स्थान बनाउन शुक्रबार दमक नगर भलिबल क्लबसँग खेल्नेछ । पुलिसलाई सेमिफाइनलमा पुग्न दमकलाई हराउनुपर्ने हुन्छ ।
उपाधि दाबेदार पुलिसलाई द्धारिकाको महँगो पर्न सक्नेछ । सुरुवाती दुबै खेल जित्दै एपिएफ शीर्ष स्थानमा रहदै समूह बी बाट सेमिफाइलमा पुगि सकेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]