4 years ago
March 18, 2021
ईलाम (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार दोस्रो खेलमा दमक नगर भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफ समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले दमकलाई २५-२१, २२-२५, २५-११ र २५-१९ पराजित गरेको हो ।
एपिएफले पहिलो सेट २५-२१ ले जितेपनि दोस्रो सेट २२-२५ ले गुमाएको थियो । तर तेस्रो सेटमा उत्कृष्ट पूनरागमन गर्दै एपिएफले २५-११ को सहज जित निकालेको थियाो । चौथो सेटमा सुरुवाती ११-११ को बराबरी अवस्थबाट एपिएफले उत्कृष्ट प्रर्दशनका साथ २५-१९ ले हराएको हो ।
एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको थियो । समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । पुलिस १ अंकका साथत दोस्रो र दमक अंक विहिन हुँदै पुछारमा छ ।
प्रतियोगिता ४ देखि ८ चैतसम्म हुदैछ । प्रतियोगितामा ७ टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]