default_image

4 years ago

March 18, 2021

ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबलमा आज तीन खेल

92 views

0 Bookmark

इंलाम (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ ईलामको आयोजनामा दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता दोस्रो दिन आज (बिहिबार) तीन खेल हुँदै छन् ।

पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गौरादह नगर खेलकुद बिकास समितिबीच प्रतिस्पर्धा हुने छ । खेल बिहान ९ बजे सुरु हुने छ । पहिलो खेलमा आर्मीले विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

गौरादह पहिलो खेलमा गण्डकी प्रदेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । आर्मी लगातार दोस्रो जितको खोजीमा हुने छ । गौरादह पहिलो जितको खोजिमा हुने छ । भारतीय खेलाडी सम्मिलित गौरादहलाई सेमिफाइनल यात्रा बलियो बनाउन आजको खेल जित्नुपर्ने हुन्छ ।

दोस्रो खेलमा समूह बी को विभागीय टोली नेपाल एपिएफ क्लब र दमक नगर भलिबल क्लबबीच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो १२ बजे सुरु हुने छ । एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गर्दै विजयी सुरुवा गरेको थियो ।

दिनको तेस्रो खेलमा गण्डकी प्रदेश र विमान ट्रेडर्स विर्तामोडबीच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो ३ बजे सुरु हुने छ । पहिलो खेलमा भारतीय खेलाडी सम्मिलित गौराहदलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको थियो । गण्डकी लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा बलियो बनाउन चाहन्छ । यता पहिलो खेलमा आर्मीसँग पराजित भएको विर्तामोड गण्डकीलाई हराउँदै सेमिफाइनल यात्रा कायमै राख्न चाहन्छ ।

समूह ए मा समान एक खेलबाट गण्डकी ३ अंकका साथ शीर्ष स्थानमा छ । आर्मी २ अंकका साथ दोस्रो, विर्तामोड १ अंकका साथ तेस्रो र गौरादह अंक विहिन हुँदै पुछारमा छ । समूह बी मा समान एक खेलबाट एपिएफ २ अंकका साथ शीर्ष र पुलिस १ अंक जोड्दै दोस्रो स्थानमा छ । सबै खेलहरु ईलामको ठूलो टुडिखेल मैदानमा हुने छन्।

प्रतियोगिता ४ देखि ८ चैतसम्म हुदैछ । प्रतियोगितामा ७ टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.