4 years ago
March 17, 2021
इलाम (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ इलामको आयोजनामा दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो दिन बुधबार त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् ।
इलाम ठुलो टुडिखेल मैदानमा पहिलो खेलमा समूह ’ए’ को आर्मीले तीन जना भारतीय राष्ट्रिय भलिबल खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक खेलमा आर्मीले विर्तामोडलाई २५–१७, १८–२५, २५–१८, २१–२५ र १५–८ ले पराजित पराजित थियो ।
पहिलो सेटमा आर्मी २५–१७ ले सहजै जित निकालेको थियो । तर दोस्रो सेटमा भने विमान ट्रेडर्सले आर्मीलाई १८–२५ ले हराएको थियो । तेस्रो सेटमा आर्मी २५–१८ ले विजयी हुँदा चौथो सेट २१–२५ ले गुमाएको थियो । निर्णायक पाँचौ सेट आमीले १५–८ को सहज जितका साथ विजयी सुरुवात गरेको थियो ।
समूह ’बी’ को पहिलो तथा दिनको दोस्रो खेलमा एपिएफले पुलिसलाई ३–२ को सेटमा हराएको थियो । एपिएफले २६–२४, २५–२२, १८–२५. १६–२५ र १५–१० ले हराउँदै विजयी सुुरुवात गरेको थियो ।
एपिएफले सुरुवाती दुबै सेट जितेको थियो । तर त्यसपछि पुलिसले लगातार दुई सेट जित्दै खेललाई पाँचौं सेटमा पुर्याएको थियो । एपिएफले पहिलो २६–२४ ले विजयी भएको थियो । दोस्रो सेटमा एपिएफले २५–२२ को जित निकालेको थियो । तर तेस्रो सेटमा पुलिसले २५–१८ को सहज जित निकालेको थियो ।
चौथो सेटमा पनि पुलिसले २५–१६ ले एपिएफलाई सहजै हराएको थियो । एक समय १०–१० को बराबरी अवस्थाबाट पुलिसले उत्कृष्ट प्रर्दशन गर्दै सहज जित निकालेको थियो । निर्णाय पाँचौं सेटमा भने एपिएफले १५–१० को सहज जित निकालेको थियो ।
दिनको तेस्रो तथा समूह ’ए’ को दोस्रो खेलमा साविक विजेता गण्डकी प्रदेशले गौरादह नगर खेलकुद बिकास समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । गण्डकीले २६–२४, २५–२१, २५–२१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।
प्रतियोगिता दोस्रो दिन अर्थात बिहिबार पहिलो खेलमा आर्मी र गौरादह, दोस्रो खेलमा एपिएफ र दमक तथा तेस्रो खेलमा विमान ट्रेडर्स र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिता ४ देखि ८ चैतसम्म हुदैछ । प्रतियोगितामा ७ टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । खेलहरु इलाम ठुलो टुडिखेल मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]