default_image

4 years ago

March 16, 2021

साराङ्गे छाहारी कप पुरुष भलिबलमा २० टोली

200 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अशिम युवा क्लबको आयोजनामा बुधबारदेखि शुरु हुने प्रथम साराङ्गे छाहारी भलिबल कप पुरुष भलिबल प्रतियोगितामा विभिन्न २० टोलीको सहभागिता रहने भएको छ ।

क्लबका अध्यक्ष लोक बिक्रम मल्लले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र प्रतियोगितामा २० टोलीको सहभागिता रहेको जानकारी गराए । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा ३ देखि ७ चैतसम्म आयोजना हुदैछ । प्रतियोगितामा विभाग तथा प्रदेशको प्रतिनिधित्व गरिसकेका खेलाडीले खेल्न पाउनेछैन ।

सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थानमा बनाउनेछ । सेमिफाइनल सम्मका खेलहरु बेस्ट अफ थ्रीको आधारमा तथा फाइनल र तेस्रो स्थानको खेल बेस्ट अफ फाइभकै आधारमा हुने एसियन भलिबल रेफ्री क्यान्डिडेट तथा प्रतियोगिताको रेफ्री संयोजक बिकास गुरुङले जानकारी गराए ।

समूह ‘ए’ मा आयोजक रातो, गैरी गाँउ युवा समूह, नौ कुण्ड रसुवा, पञ्चकन्या नुवाकोट र चन्द्रसुर्य ब्लक उद्योग रहेका छन् । समूह ‘बी’ मा स्प्रिङडेल भक्तपुर, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, वर्डिगार्ड गाउपालिका पर्वत, न्युटन स्कुल र आयोजक निलो रहेका छन् ।

समूह ‘सी’ मा राइजिङ युवा क्लब, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल (टीआईए), गल्कोट बाग्लुङ, आर आर कलेज र आरजी ग्रुप रहेका छन् । समूह ‘डी’ मा गल्याङ स्याङ्जा, मणिमुकुन्द भलिबल क्लब रुपन्देही, दि गोर्खा युनाइटेड, ढोरपाटन क्लब र कागेश्वी नगरपालिका रहेका छन् ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६१ हजार १ सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधा डिफेन्डर, ब्लकर, स्पाइकर, क्विकर, सर्भर, सेटर र उदियमान खेलाडीले समान २ हजार ५ सय हात पार्नेछन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.