4 years ago
March 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर नगरपालिका वडा ५ ले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा मंगलबार स्वर्ण जितेको छ ।
स्पिन इभेन्ट्स प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा २ ले भक्तपुर नगरपालिकाको वडा २ लाई ३–२ ले पराजित गर्यो । काठमाडौं महानगरपालिका वडा २ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेश्रो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्ट्समा ललितपुर महानगरपालिका वडा १९ले सोही नगरपालिका वडा ८ लाई ३–२, धरान उपमहानगरपालिका वडा ९ ले ललितपुर वडा ७ लाई ३–१, धरान वडा १२ ले भक्तपुर वडा ५ लाई ३–२ तथा विराटनगर महानगरपालिका वडा ३ ले ललितपुर वडा १२ लाई ३–१ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]