default_image

4 years ago

March 16, 2021

सुष्मा वल्ड च्याम्पियनसिपमा छनोट

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नक्सालकी सुष्मा तामाङ आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् ।

उनले आफ्नी प्रतिद्धन्दी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथी अंकका आधारमा ३–२ को कठिन जित हात पारिन । त्यसै गरि ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाईनलमा प्रबेश गरेकी छन् ।

उनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५–० को स्कोरमा हराईन । उनले बुधवार हुने फाईनल खेलमा आरडीएस क्लबकी सुमिना खड्काको चुनौतीको सामना गर्ने छिन । खड्का ६० केजी तौल समूहमा वाई पाएर फाईनल प्रवेश गरेकी थिईन् ।

छनोट खेलमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसीलगायतको उपस्थिति रहेको थियो । आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुनेछ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.