4 years ago
March 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतलाई सोमबार बिदाइ गरिएको छ ।
उमेर हद (५८ वर्ष) का कारण बस्नेतले मंगलबारदेखि अनिवार्य अवकास पाउदै छन् । २०५३ साल असोज ४ गते राखेपमा अधिकृत तृतीयमा सेवा प्रवेश गरेका बस्नेत अधिकृत द्वितीयबाट अवकास हुन लागेका हुन् ।
करिब २५ वर्षको सेवा अवधिमा बस्नेतले कर्मचारी प्रशासन शाखा, प्रशासन विभाग, संघ संस्था समवन्य शाखा, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा मानव संशाधन तथा तथ्याङक शाखामा रहेर कार्य गरेका थिए ।
प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख टीका लिम्बू, प्रचार प्रसार शाखाका प्रमुख दुर्गाप्रसाद दुलाल, संघ संस्था समन्वय शाखाका प्रमुख सरोज पोखरेल, सामान्य प्रशासन शाखा प्रमुख सारदा दाहाल, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राई, ओलम्पियन तेक्वान्दोका दिपक विष्ट, कर्मचारीलगायतले बस्नेत, प्रचार प्रसारको योगदानको चर्चा गर्दै भावी व्यक्तिगत जीवनको सफलताका लागि शुभकामना दिए ।
बस्नेतले प्राविधिक कारणले खेलकुदबाट टाढा रहे पनि खेलकुदको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]