4 years ago
March 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
पुरुष एकलतर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दिपेश धामीलाई पराजित गर्दै उपाधि जितेका हुन् । प्रिन्सले दिपेशमाथि २३–२१ र २१– १८ को जित निकाले । यसका साथै प्रिन्सले चितवनमा भएको हारको बदला समेत लिएका छन् । बिजयी खेलाडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने उपबिजयी खेलाडीले नगद ३० हजार र मेडल प्राप्त गरे ।
तेश्रो भएको पुलिसका बिष्णु कटुवाल र सेनाका रुकेश महर्जनले समान १०–१० हजार रुपैया प्राप्त गरे । क्वाटरफाइनलिष्ट पविन लिनथेप, जीवन आचार्य, सहरोज अन्सारी र भोज बहादुर गुरुङले समान ५–५ हजार प्राप्त गरे ।
आईतबार साङ्लास्थित साईनोको कभर्डहलमा भएको महिला एकलतर्फको प्रतिस्पर्धामा अनुमाया राईले आफ्नै क्लबकी अमिता गिरीलाई २१–१० र २१–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । राईले नगद ३० हजारसहित ट्रफी र मेडल प्राप्त गरिन् । उपबिजेता गिरीले १५ हजार रुपैयाँ प्राप्त गरिन् । तेश्रो स्थानमा रहेका एपिएफकी शोभा गौचन र धादिङकी तारा आलेले समान ७ हजार ५ सय हात पारिन् ।
साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ हिमालयन क्लबका बिशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरीको जोडीले आयोजक साईनोका अभिषेक बोश र सुजन थापाको जोडीमाथि २१–१७, १६–२१ र २१–१७ को जित निकाल्दै उपाधी उचाले । बिजयी जोडीले नगद ५० हजार दोस्रोले ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । तेस्रो जोडीले समान १०–१० हजार रुपैया पाए ।
पुरुष भेट्रान ४५ तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी बिजयी भयो । उक्त जोडीले परफेक्ट फिटनेश क्लबका पूर्ण हरि होना र संजय कपालीको जोडीलाई १२–२१, २२–२० र २१–१६ ले पराजित गरेका हुन् । बिजयी जोडीले ४० हजार तथा उपविजयीले २५ हजार रुपैयाँ प्राप्त गर्दा तेस्रो भएको दुई जोडीले समान १०–१० हजार रुपैया पाए ।
पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र संजय श्रेष्ठको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडीलाई १८–२१, २१–१४ र २१–१२ ले पराजित गर्दै ट्रफी उचाले । पुरुष सी तर्फको प्रतिस्पर्धामा टोखा युथ क्लबका क्षितीज खनाल र अमन महर्जनको जोडीले बाजी मा¥यो ।
बिजयी खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य सुभाष श्रेष्ठ, महासचिव बिरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
पाँच दिनसम्म संचालन भएको प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स ९४५ बर्ष माथी० बी र सी लेबल गरि कुल ६ बिधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।