4 years ago
March 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ शुक्रबार सम्मानित भएका छन् ।
नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनमा शनिबारदेखि सुरु भएको छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी थिइन् । मन्देले दोहोरो स्वर्ण जितेका थिए । उनीहरुलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक डोजोका अध्यक्ष सन्तोष श्रेष्ठले सम्मान पत्रसहित सम्मान गरे ।
प्रतियोगितामा नेपाल र भारतका करिब ३ सय खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी गराए । दुईदिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको छ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]