4 years ago
March 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहालसँगै नेपाल पुलिसका बिष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वाटरफाइन्लमा प्रवेश गरेका छन् ।
शुक्रबार दिपेशले सेनाका सन्तोष पनेरुलाई २१–१४ र २१–१२ को सहज जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । प्रतियोगितामा दोश्रो वरियता पाएका बिष्णुले सेनाका डेभिड थापामाथि २३–२५, २१–१९ र २१–१७ को कठिन जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।
यसैगरी सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका आयुष्मान नागरीलाई २१–१६ र २१–७ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भए । सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका रुकेश महर्जन, भुपु सैनिकका सहरोज अन्सारी र सेनाका भोजबहादुर गुरुङले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
तारकेश्वर नगरपालिका १ साङलास्थित साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकलतर्फ धादिङकी तारा आले र सेनाकी प्राथना देउवाले क्वाटरफाइनलमा स्थान बनाए । ताराले सेनाकी डेमोना केसी २१–१० र २१–७ तथा प्राथनाले बुटवलकी प्रतिष्ठा अर्यालमाथि २१–६ र २१–७ को सहज जित निकालिन् ।
पुरुष युगल सी लेबलको प्रतिस्पर्धामा धादिङका बिपेन घले र राम मल्ल ठकुरीको जोडी र गण्डकी ब्याडमिन्टन क्लबका सरद खड्का रमेश ठकुरीको जोडीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
टोखाका क्षितीज खनाल र अमन महर्जनको जोडी, सिडीबिएका किरण बिष्ट र राजकुमार गुरुङ्गको जोडी, किर्तिपुरका द्रिपेश बज्राचार्य र निखिल भट्टको जोडी, भुपुका जीवन खत्री र प्रकाश कुँवरको जोडी, गोकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठको जोडी, टोखाका बुद्ध डङ्गोल र शोक राज डंगोलको जोडीले क्वाटरफाइनलमा स्थान बनाए ।
यस्तै पुरुष ४५ बर्ष माथिको युगलतर्फ जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी क्वाटरफाईनल प्रवेश गरेका छन् । बुद्धिबहादुर घिसिङ र डि. बहादुर तामाङको जोडी, एम. बज्राचार्य र अनिल कुमार लाखेको जोडी, पिएफसीका पूर्ण हरि होना र संजय कपालीको जोडी, बुटवलका बिरेन्द्र सिंह बिष्ट र मान बहादुर रानाको जोडी, जेष्टका राजाबाबु महर्जन र रुद्र थिङ्गको जोडी, ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडी तथा चन्द्रागिरीका हरि खत्री र भरत श्रेष्ठको जोडीले क्वाटरफाइनलमा स्थान बनाए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।